• २० वैशाख २०८१, बिहिबार

एमबाप्पे र मेस्सीको गोलमा पीएसजीको सानदार जित

blog

गोल गरेपछि खुशी मनाउँदै लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, फागुन १५ गते । स्टार स्ट्राईकरद्वय केलियन एमबाप्पे र लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीमाथि सानदार जित निकालेको छ । 


आइतबार राति भएको खेलमा शीर्षटोली पीएसजीले दोस्रो स्थानमा रहेको मार्सेलीलाई ३–० गोलले हरायो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा मेस्सीले गोल गर्नुभयो । एमबाप्पेले २५ औँ मिनेटमा गोल गर्दै पीएसजीको उत्साह जगाउनुभयो ।

त्यसपछि २९औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । यससँगै मेस्सीले क्लब फुटबलका सातसय गोल पूरा गर्नुभएको छ । मेस्सी सात सय गोल पूरा गर्ने पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो पछि दोस्रो खेलाडी पनि बन्नुभएको छ ।

५५औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । जितसँगै उपाधि होडमा रहेको पीएसजीले २५ खेलमा ६० अङ्क बनाएको छ । पराजित मार्सेली ५२ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । एजेन्सी