• ६ जेठ २०८१, आइतबार

ओलम्पिक छनोट खेल नेपालमा

blog

नेपाली महिला फुटबल टोली । तस्बिर : एन्फा

काठमाडौं, फागुन १४ गते । सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल अप्रिल ३ देखि ११ तारिखसम्म नेपालमा आयोजना गर्न लागेको हो । समूह ‘सी’ मा आयोजक नेपाल, भियतनाम र अफगानिस्तान रहेको छ ।

यसअघि समूहमा रहेको प्यालेस्टाइनले समूहबाट नाम फिर्ता लिएको छ । एसियाली फुटबल महासङ्घले प्रारम्भिक चरणमा सहभागी २६ टोलीलाई सात समूहमा विभाजन गरेको हो र समूहको शीर्षटोली दोस्रो चरणका लागि छनोट हुनेछ ।

ओलम्पिक छनोटको तयारीका लागि नेपाली महिला फुटबल टोलीले हालै भारतमा दुई वटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । चेन्नईमा भएको दुवै खेल बराबरीमा सकिएको थियो ।