रियल म्याड्रिड सुपर कपको फाइनलमा
स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपाल ओलम्पिक छनोटको समूह ‘सी’ मा
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत नेपालको महिला फुटबल एसिया छनोटको समूह ‘सी’ मा परेको छ ।
विश्वकप पछि मेस्सीको गोल
कतार विश्वकप पछि लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि गोल गर्नुभएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोलले हरायो ।
एपीएफ क्वार्टरफाइनलमा
विभागीय टोलीको एपीएफ क्लब मकवानपुरको फापरबारीमा जारी पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई १–० गोलले हरायो ।
राष्ट्रिय भलिबल प्रतियोगिता : नेपाल पुलिसको जित
सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
कराते टोली बंगलादेश प्रस्थान
यही जनवरी १३ देखि बङ्गलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गीले गर्नुभएको छ ।
नेपाल टी–२० क्रिकेट लिग : लुम्बिनी च्याम्पियन
नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।
आर्मी सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर सुपर किंग्स फाइनलमा
विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो । फाइनलमा विराटनगरले बुधबार लुम्बिनी अल स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।
ह्युगो लोरिसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
फिफा विश्वकप उपविजेता फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले अन्तर्राीष्ट्रय फुटबल खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । विश्वकप सकिएपछि सन्यास लिने योजना बनाउनुभएका लोरिसले तीन सातापछि सन्यासको घोषणा गर्नुभएको हो ।
विराट गोल्डकप चैतमा
विराट गोल्डकप फुटबल चैतमा हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म विराटनगरमा आयोजना गर्ने उल्लेख गरेको छ ।
न्यु डायमन्ड सेमिफाइनलमा
साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल टी–२० क्रिकेट : विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश
काठमाडौं नाइट्समाथि सानदार जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले हरायो ।
पुलिसको लगातार दोस्रो जित
विभागीय टोली नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हरायो ।
बार्सिलोनाको कठिन जित
आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई उसैको मैदानमा १-० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई तीन अंकले पछि पारेको छ ।
पब्जी विश्वकपमा नेपाल दोस्रो
पब्जी विश्वकपमा नेपाल दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भयो ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनी फाइनलमा
लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
भारतले जित्यो सिरिज
श्रीलंकाविरुद्ध टी–२० क्रिकेट सिरिज भारतले जितेको छ । रोजकोटमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा भारतले श्रीलङ्कालाई ९१ रनले हरायो । यससँगै तीन खेलको सिरिज भारतले २–१ ले जितेको छ ।
रियललाई भिल्लारियलको धक्का
स्पेनिस ला लिगाको उपाधि दाबेदार रियल म्याड्रिडलाई भिल्लारियलको नमिठो धक्का लागेको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
पुलिस र आर्मीको जित
सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
फार वेस्टले पोखरालाई हराएपछि काठमाडौं प्लेअफमा
काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो ।
एसियाडमा स्वर्ण जित्ने लक्ष्मणको लक्ष्य
लक्ष्मण मल्ल एथलेटिक्स, साइक्लिङ र दुवाथलनको खेलाडी हुनुहुन्छ। धादिङ गल्छी स्थायी घर भएका मल्ललाई नेपाली खेलकुदमा रम्ने र जम्ने वातावरण विभागीय टोली नेपाल एपीएफ क्लबले पूरा गरिदिएको छ।
सङ्कटालाई आहा–रारा गोल्डकप उपाधि
२२औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको उपाधि काठमाडौंको सङ्कटा क्लबले जितेको छ ।
गुप्त एसियाली भारोत्तोलनमा
नेपाल भारोत्तोलन सङ्घका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसियाली भारोत्तोलन सङ्घको कार्यकारी समितिको सदस्यमा निर्वाचित हुनुभएको छ ।