खेल मिलेमतोको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतो गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आर्सनलको रोमाञ्चक जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।
बार्सिलोना र रियल विजयी
स्पेनिस ला लिगा फुटबलमा शीर्षटोली बार्सिलोना र रियल म्याड्रिडले जित निकालेका छन् ।
यू–१९ विश्वकप छनोट टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी यू–१९ विश्वकप छनोटका लागि १४ सदस्य टोलीको घोषणा गरेको छ ।
झापा गाउँपालिकालाई प्रदेश स्तरीय भलिबल उपाधि
झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ । कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकालाई ३-० को सोझो सेट हरायो ।
नेपालकी सुस्मा फाइनलमा
नेपालकी सूमा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
रुपेशलाई बुद्धिचाल उपाधि
अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवालले जित्नुभएको छ ।
लिभरपुल र चेल्सीको बराबरी
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
आर्मीका दीपक र एपिएफकी फुलमतीलाई उपाधि
दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र एपिएफकी फुलमती रानाले जित्नुभएको छ ।
प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो ।
भेट्रान्स विश्व टेबलटेनिस च्याम्पियनसिप : नेपाललाई स्वर्ण
ओमानको मस्कटमा जारी २०औँ भेट्रान्स विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ ।
लालप्रसाद र इन्द्र क्वार्टरफाइनलमा पराजित
थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनल नेपालका लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारले हार खेप्नुभएको छ ।
एथलेटिक्स टोली स्वदेश फर्कियो
वङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भई नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए ।
बराबरीमा रोकियो बायर्न
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति लेइपजिगको मैदानमा भएको खेलमा बायर्नले लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
शहीद स्मारक ए डिभिजिनः खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल
यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ।
अन्नपूर्णले जित्यो महिला भलिबलको उपाधि
म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।
जोकोभिच तेस्रो चरणमा
सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा बिहीबार भएको खेलमा जोकोभिचले फ्रान्सका एन्जो कुवाकोडलाई ३–१ को सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।
सुस्मा र हेमाको जित
थाइल्यान्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गर्नुभएको छ ।
धवलागिरी र अन्नपूर्ण फाइनलमा
म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् ।
दुलाल तेस्रो चरणमा प्रवेश
नेपाली खेलाडी राजेन्द्र दुलाल ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स टेवलटेनिस च्याम्पियनसिपको पुरुष ४५ वर्षमाथि समूहको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ ।
प्रधानसेनापति म्याराथन माघ अन्तिममा
प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ । महाशिवरात्री र सेना दिवसको अवसरमा माघ २८ गते म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
क्रिकेट प्रशिक्षकका लागि पाँच जना दौडमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाँच जनाले अन्तर्वार्ता दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको थियो ।
क्रिस्टलसँग बराबरीमा रोकियो युनाइटेड
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । क्रिस्टलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेड र त्रिलस्टलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
नेपालका इन्द्र बक्सिङको क्वार्टरफाइनलमा
नेपालका इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।