• १२ साउन २०८१, शनिबार

नेपाल र युएईको खेल हेर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

blog

नेपाल र युएईको खेल हेर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिर : क्यान

काठमाडौं, चैत २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ ।

प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको हो । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको र अहिले खेल हेरिरहनुभएको नेपाल क्रिकेट सङ्घ(क्यान)का म्यानेजर विनोद दासले जानकारी दिनुभयो ।

दासका अनुसार प्रधानमन्त्री केही समय खेल हेरेर फर्किनुहुनेछ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले अहिले युएईविरुद्ध बलिङ गरिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गरेको हो । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि युएईले ब्याटिङ गरिरहेको छ ।

युएईले अहिले १०औंं ओभर चलिरहँदा एक विकेट गुमाएर ५६ रन बनाएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिनुभएको हो ।