• १२ साउन २०८१, शनिबार

प्याट्रियोट्स कपमा १२ टोली

blog

क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन ३० गते । दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी–२० क्रिकेट प्रतियोगिता यही मार्च १८ देखि २५ तारिखसम्म मुलपानी क्रिकेट मैदानमा हुने भएको छ । 

ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा हुने प्रतियोगितामा १२ कलेजको सहभागीता रहनेछ । प्रतियोगिताको विजेता टोलीलाई एक लाख र उपविजेतालाई ५० रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट विधाका खेलाडीलाई १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई २५ सय रुपियाँ प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख रुपियाँ लगानी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागि कलेजहरुमा काठमाडौं युनिभर्सिटि, ब्लुबर्ड कलेज, गोल्डेन गेट कलेज, केएफए, टेक्सस कलेज, ओरियन्ट कलेज, काठमाडौं मोडल कलेज, पिनाकल कलेज, ब्रिलियन्ट कलेज, प्राइम कलेज, हेटौडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज रहेका छन् ।

हरेक टोलीमा दश जोड दुई र स्नातकसम्म पढ्दै गरेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।