• १२ साउन २०८१, शनिबार

युएईलाई पीएनजीको दुई सय ३५ रनको लक्ष्य

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै पीएनजी र युएई । तस्बिर : क्यान

काठमाडौं, चैत १ गते । आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) लाई दुई सय ३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ४ रन बनाएको हो । पीएनजीका लागि कप्तान असद भालाले ६५ रन बनाउनुभयो ।

यस्तै नर्मन भानुवाले अविजित ४९, राईली हेरुकेले अविजित ३३, किप्लिन डोरिगाले २४, चाल्र्स अमिनीले २२ र गौडी टोकाले १५ बनाउनुभयो । बसिलङमा युएईका हर्जत बिलालले चार विकेट लिनुभयो ।

जावर फरिद र रोहन मुस्ताफाले एक एक विकेट झार्नुभयो । विश्वकप छनोटबाट बाहिरिएको पीएनजी आजको खेल जित्दै लिगको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यस्तै युएई आजको खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जीवित राख्ने अभियानमा छ । युएईले अन्तिम खेल बिहीबार नेपालसँग खेल्दैछ ।

यस सिरिजमा ३५ खेल सकेको पीएनजी ११ अङ्कसहित तालिकाको अन्तिममा छ । ३४ खेलबाट ३१ अङ्क बनाएको युएई छैटौं स्थानमा छ । नेपाल ३५ खेलबाट ३८ अङ्क जोड्दै चौथो स्थानमा छ ।