• १२ साउन २०८१, शनिबार

इङ्ल्यान्डविरुद्धको सिरिजमा बंगलादेशको ‘क्लीन स्वीप’

blog

उपाधिसहित बंगलादेशका खेलाडी ।

काठमाडौं, फागुन ३० गते । घरेलु टोली बंगलादेशले सन् २०२२ को विश्वकप विजेता इङ्ल्यान्डविरुद्ध तीन खेलको टी–२० सिरिजमा ‘क्लीन स्वीप’ गरेको छ । 

मिरपुरमा मंगलबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले पाहुना टोली इङ्ल्यान्डलाई १६ रनले हरायो । यससँगै बंगलादेशले सिरिज ३–० ले कब्जा जमाएको हो । बंगालादेश पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । 

जितका लागि एक सय ५९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ओपनर डाबिड मलानले ५३ रन बनाउनुभयो । 

कप्तान जोस बटलरले ४०, क्रिस वोक्सले अविजित १३ र बेन डुकेट ११ रन बनाउनुभयो । बलिङमा बंगलादेशका टस्किन अहमदले दुई तथा तनविर इस्लाम, मुस्ताफिजुर रहमान र कप्तान शकिव अल हसनले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धाीरत २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर लिन्टन दासले ७३ रन बनाउनुभयो । 

नजमुल होसाइन शान्तोले अविजित ४७ र रोनी तालुकदारले २४ रन बनाउनुभयो । बलिङमा इङ्ल्यान्डका आदिल राशिद र क्रिस जोर्डनले एक एक विकेट लिनुभयो । एजेन्सी