• १२ साउन २०८१, शनिबार

हामी सिक्दै अगाडि बढ्नेछौं : प्रशिक्षक देसाई

blog

जितपछि नेपाली क्रिकेट टोली । तस्बिरहरु : विकास द्वारे

काठमाडौं, चैत २ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले टिम गेम खेलेका कारण जित सम्भव भएको बताउनुभएको छ ।

युएईलाई अन्तिम खेलमा नौ रनले हराएर विश्वकप छनोटमा स्थान बनाएपछि प्रशिक्षक देसाईले पछिल्लो समय नेपालले राम्रो क्रिकेट खेलिरहेको र आफुहरु अझै सिकाईको चरणमा रहेको बताउनुभएको छ ।


‘‘नेपालका खेलाडी सक्षम छन् । खेलाडीले मलाई विश्वास गरेर खेले । सोही अनुसार नजिता पनि आयो । हामीलाई दर्शकले पनि राम्रो साथ दिनुभयो । हजारौं सर्मथकको साथ नेपाली क्रिकेटमा लोभ लाग्दो छ । हामी सिक्दै अगाडि बढ्नेछौं । तपाईहरु सर्मथन गरिरनुहोस्,’’ दर्शकमाथि पनि प्रशिक्षक देसाईले सहानुभूति प्रकट गर्नुभयो ।


प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको दुईवटा सिरिजका क्लिन स्वीप गरेको छ । पछिल्ला १२ खेलका नेपाल ११ खेलमा विजेता बन्दै विश्वकप छनोटमा पुगेको हो ।