• १२ साउन २०८१, शनिबार

नेपाललाई चौथो विकेटकाे सफलता

blog

खेलअघि खेलाडीलाई हौसला प्रदान गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड । तस्बिर : क्यान

काठमाडौं, चैत २ गते । युएईविरुद्ध नेपालले चार विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट लित राजवंशी, दोस्रो विकेट सन्दीप लामिछाने र तेस्रो विकेट दीपेन्द्र सिंह ऐरीले लिनुभएको हो ।


युएईका सिपी रिजवान भने रन आउट हुनुभएको छ । अहिले युएईले २७ ओभरमा चार विकेटको क्षतिमा एक सय २८ रन बनाएको छ । युएईका लागि कप्तान मोहम्मद वासिमले ६३ रन बनाउँदै आउट हुनुभयो ।

उहाँलाई सन्दीपले एलबीडब्लु आउट गर्नुभएको हो । आईसीसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ ।


प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको हो । प्रधानमन्त्री खेलअघि त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको र अहिले खेल हेरिरहनुभएको नेपाल क्रिकेट सङ्घ(क्यान)का म्यानेजर विनोद दासले जानकारी दिनुभयो ।