• ६ जेठ २०८१, आइतबार

प्रथम गोर्खा पाँचथर फुटबल हुने

blog

प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको ट्रफी । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, फागुन १४ गते । प्रथम गोर्खा पाँचथर रङ्गशाला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । तुम्याहाङ क्लबले आयोजना गरेको प्रतियोगिता फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका ट्रफि पनि सार्वजनिक गरिएको थियो । पाँचथर, इलाम र तेह्रथुमका १२ टिम सहभागी हुने प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी रहेको आयोजक क्लबका अध्यक्ष बुद्वराज तुम्बापोले बताउनुभयो । उहाँका अनुसार विजेता टिमले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलका म्यान अफ दि म्याच सहित विभिन्न विधामा खेलाडी पुरस्कृत गर्ने आयोजकको तयारी छ । आठ लाख रुपियाँको लागत अनुमान गरिएको प्रतियोगिताको मुख्य संरक्षक फिदिम नगरपालिका रहेको छ ।