• ६ जेठ २०८१, आइतबार

काँकडभिट्टा बुढासुब्बा गोल्डकपको फाइनलमा

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै काँकडभिट्टा र भारतको युकेएफसीका खेलाडी । तस्बिर : गोरखापत्र

निशा राई

धरान, फागुन १७ गते । काँकडभिट्टा ट्रेनिङ सेन्टर धरानमा जारी २३औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काँकडभिट्टाले भारतको युकेएफसीलाई ३–१ गोलले हरायो ।

काँकडभिट्टाको जितमा यामि, सुशील राई र निशान लिम्बूले गोल गर्नुभयो ।  युकेएफसीका हेमराज भुजेलले सान्त्वना गोल फर्काउनुभयो । काँकडभिट्टाका यामि प्लेयर अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

प्रतियोगिता अन्तर्गत बिहीबार एन्फा मोरङ र एभिनियर फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । फाइनल खेल शनिबार हुनेछ ।