• ११ मंसिर २०८१, मङ्गलबार

म्यानचेस्टर सिटी र चेल्सी विजयी

blog

गोल गरेपछि खुसी मनाउँदै सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, फागुन २८ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सफलता हात पारेको छ ।

शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसैको मैदामा १-० गोलले हरायो । अर्को खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको लेस्टर सिटीलाई ३-१ गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलमा सिटीको जितमा अर्लिङ हालान्डले गोल गर्नुभयो । हालान्डले ७८औं मिनेटमा पेनाल्टीमा गरेको गोल सिटीको जितमा पर्याप्त बनेको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीले २७ खेलबाट ६१ अङ्क बनाएको छ । एक खेल कम खेलेको आर्सनल ६३ अङ्कसहित शीर्षस्थानमा छ । सिटीसँग पराजित क्रिस्टल २७ अङ्कसहित १२औं स्थानमा छ । 

यसैगरी चेल्सीलाई जिताउन बेन चिलवेल, काई हाभर्टज र माटियो कोभासिसले गोल गर्नुभयो । लेस्टरका पास्टन डाकाले सान्त्वना गोल फर्काउनुभयो । ८७औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । वोउट फाइस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि लेस्टर थप दबाबमा परेको थियो ।

जितसँगै चेल्सी १०औं स्थानमा उक्लिएको छ । चेल्सीले २६ खेलबाट ३७ अङ्क बनाएको छ । पराजित लेस्टर २४ अङ्कसहित १६औं स्थानमा छ । 

अन्य खेलमा बर्नमाउथले लिभरपुललाई १-०, एभर्टनले ब्रेन्टफर्डलाई १-० र टोट्टनहामले नटिङहम फरेस्टलाई ३-१ गोलले हराएको छ । लिड्स युनाइटेड र ब्राइटनले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी