• ११ मंसिर २०८१, मङ्गलबार

एपीएफ र जावलाखेलको बराबरी

blog

दशरथ रङ्गशालामा शनिबार प्रतिस्पर्धा गर्दै एपीएफ र जावलाखेलका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, फागुन २७ गते । विभागीय टोलीको एपीएफ क्लब र जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।

दशरथ रङ्गशालामा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको एपीएफले जावलाखेलसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए ।

एपीएफ अन्तिम २० मिनेट २० खेलाडीमा समेटिए पनि जावलाखेलले फाइदा उठाउन सकेन । ६९औं मिनेटमा एपीएफका रक्षक एडमा डम्बिया रातो कार्ड पाउँदै बाहिरिएपछि एपीएफ दबाबमा देखिएको थियो ।

रेफ्रीमाथि अभद्र ब्यवहार गरेपछि एडमालाई दोहोरो पहेँलो (रातो) कार्ड दिइएको थियो । बराबरीसँगै लिगमा अपराजित रहेको जावलाखेलले तीन खेलबाट सात अङ्क बनाएको छ । एपीएफले समान खेलबाट चार अङ्क बनाएको छ । 

यसैगरी च्यासल मैदानमा शनिबार नै भएको अर्को खेलमा सङ्कटा क्लबले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा सङ्कटालाई जिताउन गणेश हमाल, रोशन पहरी र सुरजज्यु ठकुरीले गोल गर्नुभयो ।

लिगमा पहिलो जित निकालेको सङ्कटाले तीन खेलबाट चार अङ्क बनाएको छ । लगातार तेस्रो हार खेपेको नेपाल पुलिसले अङ्कको खाता खोल्न सकेको छैन ।