• १० मंसिर २०८१, सोमबार

नेपाल पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन २९ गते । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पीएनजीलाई ब्याटिङको निम्तो दिनुभएको छ ।

नेपाल लगातार जितको लय कायम राख्ने लक्ष्यमा छ । लिगको चौथो स्थानमा रहँदै एकदिवसीय मान्यता जोगाएको नेपाल बाँकी दुई खेल जित्दै शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । 

यता छनोटबाट बाहिरि सकेको पीएनजी पनि नेपालसँग सुखद नतिजा निकाल्न चाहन्छ । पीएनजीविरुद्ध नेपालले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ ।

आइतबार संयुक्त अरब इमिरेट्स (युएई) सँगको खेलमा रहनुभएका गुलशन झाको स्थानमा आज करण केसीलाई समावेश गरिएको छ । लिग-२ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईसँग खेल्नेछ ।