• १२ साउन २०८१, शनिबार

आसिफलाई सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

blog

आसिफ शेख ।

काठमाडौं, चैत ६ गते । सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जित्नुभएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान गर्ने यस अवार्ड जित्ने क्रममा आसिफले इङ्ल्यान्डका बेन स्टोक्स र जस बटलरलाई पछि पार्नुभयो । 

गत वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी–२० सिरिजमा आयरल्यान्डविरुद्ध आसिफले देखाएको खेल भावनाको कदर गदै उहाँलाई यस अवार्ड प्रदान गरिएको हो ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा लड्न पुगेपछि रन आउट गर्नुभएको थिएन । आसिफको उक्त निर्णयलाई त्यतिवेलै सन्सारभरका क्रिकेट प्रेमीले प्रशंसा गरेका थिए । एमसिसीले सिएमजे स्प्रिरिट क्रिकेट अवार्ड २०१३ देखि प्रदान गर्दै आएको छ ।

यसअघि पनि आसिफलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ (खेल भावना अवार्ड) प्रदान गरिएको थियो ।