• १२ साउन २०८१, शनिबार

पारसको टोली एसियन लायन्स च्याम्पियन

blog

उपाधिसहित पारस खड्का ।

काठमाडौं, चैत ७ गते । विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ ।

कतारको दोहामा सोमबार राति भएको फाइनल खेलमा लायन्स वर्ल्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो । वर्ल्ड जायन्ट्सले दिएको एक सय ४८ रनको विजयी लक्ष्य एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । 

एसियन लायन्सको जितमा तिलकरत्ने दिल्सानले ५८ रन बनाउनुभयो । उपुल थारंगाले ५७ तथा मिस्बा उल हक तथा मोहम्मद हाफिजले अविजित नौ नौ रन बनाउनुभयो । बलिङमा जायन्ट्सका मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । जायन्ट्सका लागि ज्याकक्विस कालिसले अविजित ७८ रन बनाउनुभयो । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन जोड्नुभयो ।

बलिङमा लायन्सका अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिनुभयो । फाइनल खेलमा पारस टोलीमा परेपनि उहाँले ब्याटिङ र बलिङको अवसर पाउनुभएन । पारसले अघिल्ला दुई खेलमा भने मौका पाउनुभएको थियो । एजेन्सी