काठमाडौँ, पुस २३ गते । २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता कार्य सम्पन्न भएको छ ।
नेकपा (एमाले) बाट रोशनी मेचे (कोशी), सोमनाथ पोर्तेल (कोशी), रेखा कुमारी झा (मधेस), प्रेम प्रसाद दंगाल (बागमती), सम्झना देवकोटा (गण्डकी), रामकुमारी झाँक्री (लुम्बिनी), मीनासिंह रखाल (कर्णाली), लिलाकुमारी भण्डारी (सुदूरपश्चिम) ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
नेपाली कांग्रेसबाट सुनिल बहादुर थापा (कोशी), धर्मेन्द्र पासवान (मधेश), रञ्जित कर्ण (मधेश), गिता देवकोटा (बागमती), जगत तिमिल्सिना (गण्डकी), वासुदेव घिमिरे (लुम्बिनी), चन्द्र बहादुर केसी (लुम्बिनी), ललितजंग शाही (कर्णाली), खम्म बहादुर खाती (सुदूरपश्चिम) ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट नमिता न्यौपाने (कोशी), खेमराज नेपाली (कोशी), शशी कुमारी अग्रवाल (मधेश), शम्भु पासवान हजारी (मधेश), रामनन्दन प्रसाद (मधेश), लक्ष्मण पौडेल (मधेश), सरोज कुमारी झा (बागमती), प्रेमप्रसाद सापकोटा (बागमती), गोमा लुइटेल घिमिरे (गण्डकी), कपिल लामा (गण्डकी), दुर्गा कुमारी भण्डारी (लुम्बिनी), सर्जन वि.क. (लुम्बिनी), वृहस्पति अधिकारी (लुम्बिनी), अञ्जु महतारा (कर्णाली), बुद्धिप्रसाद शर्मा (कर्णाली), रोजी बस्नेत (सुदूरपश्चिम) र टिकाराम जौशी (सुदूरपश्चिम) ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
जनता समाजवादी पार्टी नेपालबाट चन्द्रकला देवी साह (मधेश), चमेली देवी दास (मधेश), शैलेश कुमार चौधरी (मधेश) ले मनोनयन दर्ता गर्नुभएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट महन्थ ठाकुर (मधेश), नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन (बागमती), विक्रम ढुकुछु (बागमती), राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटा (गण्डकी), शंकरप्रसाद बराल (गण्डकी), पद्मा पण्डित (लुम्बिनी), बोम बहादुर खत्री (लुम्बिनी) ले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।