शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस २२ गते। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपाली टिम घोषणा गरेको छ।
मंगलबार क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा एनपिएल सिजन २ मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलो पटक समावेश हुनुभएको छ। नयाँ खेलाडीमा बसिर अहमद विश्वकप टोलीमा पर्दा कुशल मल्ल र आदिल आलम छुट्नुभएको छ।
नेपालको टोली ः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम।
