• २३ पुस २०८२, बुधबार

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सचिवालय स्थापना

blog

काठमाडौँ, पुस २१ गते । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि पोखरामा सचिवालय स्थापना गरिएको छ । २२औँ संस्करणको अवार्ड मङ्गलबार पोखरामा हुँदैछ । 

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको शुभारम्भ गर्नु भयो । कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष निरञ्जन अधिकारी तथा एनएसजेएफ गण्डकी अध्यक्ष एमबी आस्थाको सहभागिता रहेको थियो । 

प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको अवार्ड भव्यरूपमा सफल पार्न शुभकामना दिनु भयो । काठमाडौँ बाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धकका रूपमा रहेको छ । एनएसजेएफले अवार्डको अघिल्लो दिन पुस २२ गते स्पोर्ट्स समिट पनि गर्दैछ । 

स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।   

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल(फुटबल)का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आइएमई एपमार्फत भोटिङ भइरहेको छ ।