• २० वैशाख २०८३, आइतबार

भारतद्वारा नेपाल–भारत मैत्रीद्वार निर्माण

blog

जमुनाहा नाकामा भारतले निर्माण गरेको नेपाल–भारत मैत्रीद्वार । तस्विरः सिराज खान

सिराज खान

नेपालगन्ज, बैशाख २० गते । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । 

यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।