• ७ वैशाख २०८१, शुक्रबार

पश्चिम म्याग्दीलाई म्याग्दी कप उपाधि

blog

उपाधि विजेता पश्चिम म्याग्दीका खेलाडी । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ७ गते । हिमाली जिल्ला म्याग्दीको बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लब दरवाङले जितेको छ । 

पहिलो पटक आयोजना गरिएको लिग फुटबलको मङ्गलवार भएको फाइनल खेलमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेड क्लबलाई पेनाल्टी सुटआउटमा ५–६ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । 

निर्धारित समय र अतिरिक्त समयमा पनि दुवै पक्षले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा पश्चिम म्याग्दीका गोलरक्षकले कालीपुल युनाइटेडको छैटौँ प्रहारलाई रोके छि खेल पश्चिम म्याग्दीले जितेको हो । 

उपाधिसँगै पश्चिम म्याग्दीले एक लाख १५ हजार र उपविजेता कालीपुल युनाइटेडले ७० हजार रुपियाँ पुरस्कार पायो । विजेतालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले पुरस्कार प्रदान गर्नुभयो ।