• ७ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमको दोस्रो जित

blog

टसपछि मधेश र सुदूरपश्चिमका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, चैत ११ गते । सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई सात विकेटले हरायो । मधेशको यो लगातार दोस्रो हार हो । 

मधेशले प्रदेशले दिएको ६५ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १० ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । सुदूरपश्चिमका लागि रितु कनौजियाले २१ रन बनाउनुभयो । रुवी पोदारले अविजित १४ रन जोड्नुभयो । बलिङमा मधेशका सरस्वती चौधरी, सन्तोषी चौधरी र अनुराधा चौधरीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले १९ ओभरमा सबै विकेटको क्षतिमा ६४ रन बनाएको थियो । मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउनुभयो ।

अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेशलाई सस्तैमा समेट्न सुदूरपश्चिमकी लक्ष्मी साउदले तीन विकेट लिनुभयो । सम्झना खड्का र रितु कनौजियाले दुई दुई विकेट लिनुभयो ।