• ८ वैशाख २०८१, शनिबार

एपीएफ फाइनलमा

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत ११ गते । साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको एक खेल अगावै फाइनलमा पुगेको हो ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई सात विकेटले हरायो । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाउनुभयो । कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १८ रन जोड्नुभयो । 

बलिङमा कोशीकी अलिशा खडिया, कप्तान रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८७ रन बनाएको थियो । कोशीका लागि काजल श्रेष्ठले २९ रन बनाउनुभयो । कप्तान रुविना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन  जोड्नुभयो । 

बलिङमा एपीएफकी कप्तान सिता रानामगरले तीन तथा इन्दु बर्माले एक विकेट लिनुभयो । लगातार तेस्रो जितसँगै एपीएफले ६ अङ्क बनाएको छ ।प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ ।

जसमा  सुदूरपश्चिम प्रदेश, कोसी प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र आयोजक ललितपुर मेयर–११ रहेका छन् । लिगको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।