• १४ वैशाख २०८१, शुक्रबार

मोरक्कोले ब्राजिललाई पहिलो पटक हरायो

blog

ब्राजिलविरुद्ध गोल गरेपछि मोरक्कोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत १२ गते । अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोले ब्राजिललाई पहिलो पटक पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले पाँच पटकको फिफा विश्वकप च्याम्पियन ब्राजिललाई २–१ गोलले हरायो ।

कतार विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएपछि अफ्रिकी टोली मोरक्कोले विश्वको ध्यान खिचेको थियो । विश्वकप पछि मोरक्कोले ब्राजिललाई हराएर फेरि विश्व फुटबलको ध्यान आफूमाथि तानेको छ ।

प्रतिस्पर्धात्मक खेलमा मोरक्कोलाई जिताउन सोफिएन बोउफल २९औँ र अब्देलहामिद सावरीले ७९औँ मिनेटमा गोल गर्नुभयो । ब्राजिलका कप्तान क्यासमिरोले ६७औँ मिनेटमा गरेको गोल सान्त्वना बनेको थियो । ब्राजिलले टोलीका स्टार खेलाडी उतारे पनि जित निकाल्न सकेन । एजेन्सी