विश्वकपमा छनोट भएको नेपाली यू–१९ टोली स्वदेश फर्कियो
यूएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो। नेपाली टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।
आसिफको अर्धशतकमा नेपाल तीन विकेटले विजयी
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल विजयी भएको छ।
फुटबल स्टार मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन्।
थोलेदेम्बा म्याराथनको उपाधि सुमन र सानुमायाले जिते
थोलेदेम्बा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुषतर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेका छन् । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो ।
सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन
गलेश्वर, फागुन १९ गते । म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । मेहनती र लगनशील भए जस्तोसुकै दुःख हण्डर खाएर पनि सफलता हात प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण हुन् रिक्जना । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ । बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको मङ्गला माविका खेल शिक्षक हर्क छन्त्यालले बताए । रिक्जनाको प्रदर्शनका कारण एथ्लेटिक्सको समूहगत खेलमा रजत र कास्य पदकसमेत प्राप्त गर्न सफल भएको उनले बताए । “रिक्जनाले अभावै अभावमा पालिकालाई पदक दिलाएकी छिन्, एथ्लेटिक्सकी भविष्य हुन्, अनुभवी प्रशिक्षकको साथ पाए धेरै प्रगति गर्नसक्छिन्”, खेल शिक्षक छन्त्यालले भने । रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् । उक्त प्रतियोगितामा व्यक्तिगतरुपमा धेरै पदक जित्ने कीर्तिमान बनाएकी उनी कास्कीको पोखरामा हुने गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि छनोट भएकी छिन् । रिक्जनाले गत माघमा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छ स्वर्ण पदक जितेकी थिइन् । रिक्जना मङ्गलामावि बाबियाचौरमा कक्षा ८ मा अध्ययनरत् छिन् । उनी एथ्लेटिक्सतर्फ जिल्लाकै उदीयमान खेलाडी हुन् । उनकै खेल प्रदर्शनले विद्यालय जिल्लामै तृतीय स्थान प्राप्त गर्न सफल भयो । “अवसर र वातावरण पाए खेलमा अझै राम्रो गर्न सक्छु”, रिक्जनाले खुसी हुँदैभनिन् । एथ्लेटिक्सतर्फ राष्ट्रिय प्रतियोगितामा म्याग्दीलाई पदक दिलाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । माझीको घरको अवस्था भने अत्यन्त दयनीय छ । बिहान खाए, बेलुकी के खाउँको अवस्था छ । बाआमाले मजदुरी गरेरै जीविका चलाएका छन् । तर रिक्जनाले बाआमालाई थोरी भए पनि खुसी दिलाएकी छिन् जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएकी उनको खेल जीवन अघि बढाउन आफूले सक्दो सहयोग गर्ने बताउँछन् । “स्थानीय तहले यस्ता प्रतिभालाई मद्दत गर्नु पर्छ”, उनले भने । रिक्जनाले खेलमा राम्रो गर्न सक्ने सम्भावना भए पनि उनको आर्थिक अवस्था बाधक बनेको छिमेकी श्याम विक बताउँछन् । रिक्जनाले गाउँघरमा दौड्दादौड्दै जिल्लास्तरीय खेलकुद प्रतियोगितामा भाग लिएको उनले बताए । रासस
बूढासुब्बा गोल्डकपको उपाधिका लागि एभिनियर र केएफटिसी भिड्दै
धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम एभिनियर र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
यु–१९ विश्वकपका लागि छनोट भएको नेपाली टिमलाई सभापति देउवाको बधाइ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिनुभएको छ।
व्हीलचेयर क्रिकेट टोलीको घोषणा
भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले बिहीबार सानोगौचरणमा आयोजित कार्यक्रमबीच १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपाल यू–१९ विश्वकपमा छनोट
नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हरायो ।
विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित
कमजोर ब्याटिङ गरेपछि नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आयोजक युएईसँग पराजित भएको छ ।
कुलुङ र बुढालाई अल्ट्रा म्याराथन उपाधि
खिजीदेम्बा गाउँपालिकामा सम्पन्न चौथो अल्ट्रा फुल म्याराथनको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढाले जित्नुभएको छ ।
सातदोबाटोलाई रोयल ब्लुको साथ
सातदोबाटो युथ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई दृष्टिगत गरी मुख्य प्रायोजकसँग सम्झौता गरेको छ ।
अन्तिम खेलमा नेपालको कमजोर ब्याटिङ, युएईलाई एक सय ९२ रनको लक्ष्य
आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत जित्नै पर्ने अन्तिम खेलमा नेपालले घरेलु टोली युएईलाई एक सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।
विश्वकप लिग–२ : नेपाललाई युएईको मध्यम लक्ष्य
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि नेपाललाई घरेलु टोली युएईले दुई सय आठ रनको मध्यम लक्ष्य दिएको छ ।
नेपालले टस जितेर ब्याटिङ रोज्यो
आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत युएईविरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको छ ।
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा एनेस नियुक्त
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालेली प्रशिक्षक भेन रेञ्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ।
केपी ओली कप मच्छिन्द्रको पोल्टामा
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द फुटबल क्लबले जितेको छ । दशरथ रङ्गशालामा बुधबार साँझ भएको फाइनल खेलमा सातदोवाटो युथ क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो ।
काँकडभिट्टा बुढासुब्बा गोल्डकपको फाइनलमा
काँकडभिट्टा ट्रेनिङ सेन्टर धरानमा जारी २३औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा काँकडभिट्टाले भारतको युकेएफसीलाई ३–१ गोलले हरायो ।
विवादबीच सकियो एन्फा बैठक
बहुमत कार्यसमिति सदस्यले बहिस्कार गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक विभिन्न २० वटा निर्णय गर्दै सकिएको छ ।
सन्दीप लामिछाने युएई प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न बुधबार युएई प्रस्थान गर्नुभएको छ।
एन्फा बैठकमा विरोध
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीको माग राख्दै आएका तीन उपाध्यक्षसहितको कार्यसमितिले अध्यक्षले बढाएको भन्दै विरोध गरेका छन्।
पारास्यो प्रतियोगिताको उपाधि थुदामले लियो
ग्याल्पो लोसारको अवसरमा आयोजना गरिएको पारास्यो प्रतियोगिताको उपाधि थुदामले हात पारेको छ । रिदाक सरोकार समाज काठमाडौँले मंगलबार गोकर्णेश्वरको सहिदपार्कमा आयोजना गरेको उक्त प्रतियोगितामा २२ समूहलाई हराउँदै थुदाम टोलीका खेलाडी फुर्पु भोट र निम छिरिङ भोटेले उक्त उपाधि हात पारेको हो ।
बङ्गलादेशलाई पराजित गर्दै एन्फा मोरङ सेमिफाइनलमा प्रवेश
२३ औं बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा एन्फा मोरङ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।
आर्मीलाई भद्रपुर झापा गोल्डकप उपाधि
भद्रपुर झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । मेची रंगशालामा मंगलबार भएको फाइनल खेलमा आर्मीले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।