• २१ असार २०८१, शुक्रबार

रोहित र अभयलाई ब्याडमिन्टन उपाधि

blog

ब्याडमिन्टन उपाधि विजेता रोहित बराल र अभय महरा । तस्बिर : गोरखापत्र

नारद कोहार

तौलिहवा, वैशाख ७ गते । दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ ।

रोहित र अभयले कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन सङ्घको समन्वयमा भएको प्रतियोगितामा रितेश थापा र मोहाम्द  हुसेनलाई २–० को सेटमा हराउँदै उपाधि जित्नुभएको हो ।

सुदीप श्रेष्ठ र सिद्धार्थ काजी तथा सुभाष कुवर र आभ थारु तेस्रो हुनुभयो । यस्तै यू–१७ गल्र्समा सबिना परियार पहिलो, अनिशा थारु दोस्रो तथा रविना र बिपना कोरी तेस्रो हुनुभयो । यू–१५ ब्याइजमा विशेष बस्नेत पहिलो, निखिल परियार दोस्रो तथा राज घिमिरे र बिस्नु बस्नेत तेस्रो हुनुभयो । 

यू–१७ ब्वाईजमा शिवम् कसौधन पहिलो, मुनाल सिंह क्षेत्री दोस्रो तथा सुधेश भुसाल र अरुन थारु तेस्रो हुनुभयो । विजेतालाई प्रदेश सदस्य सुधाकर पाण्डेयले पुरस्कार प्रदान गर्नुभयो ।