• २० पुस २०८१, शनिबार

राष्ट्रपति रनिङ शिल्डबाट प्रतिभाको खोजी गरिने

blog

काठमाडौं, वैशाख ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ ।

छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो । 

प्रतियोगिताको तयारी बैठकमा बिहीबार उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको थियो । प्रतियोगितामा सहभागी खेलका संघहरुले खेल प्रतिभाको खोजीका लागि समिति बनाउने, प्रतियोगिता सन्चालन निर्देशिकामा गर्नु पर्ने संशोधनका लागि बैशाख मसान्तसम्म सुझाव दिनु पर्ने निर्णय भएको छ । 

यस्तै प्रतियोगिताको उद्घाटनमा विभिन्न विद्यालयहरुबाट मार्चपासमा विद्यार्थीहरु सहभागी गराउने र मार्चपासमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई पुरस्कृत गरिने भएको छ ।

छलफलमा परिषद्का सदस्यहरु, कराते महासंघका अध्यक्ष युवराज लामा, परिषद्का विभागिय प्रमुखहरु, भलिवल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो र उसु संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।