• ९ असार २०८२, सोमबार

खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

blog

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गर्दै ।

काठमाडौँ, असार ९ गते । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । 

कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ । सोको प्रगति बुझ्न मन्त्री चौधरी सोमबार कीर्तिपुर पुग्नुभएको थियो ।


उक्त अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन पनि दिनुभयो । उहाँले  निर्माणको प्रगति विवरण साथै समयमै सकिने वा नसकिने  विषयको जानकारी समेत लिनुभएको थियो ।


केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएलगत्यै मन्त्रिपरिषद्को पहिलो बैठकबाट त्रिवि क्रिकेट रङ्गशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गरी अन्तर्राष्ट्रिय स्थरको बनाउने निर्णय गरिएको थियो ।


तर प्राविधिक कारणले निर्माण कार्य समयमै सम्पन्न हुन सकेको थिएन । गत फागुन २० गतेबाट रङ्गशालाको निर्माण कार्य सुरु भएको हो ।