• ९ असार २०८२, सोमबार

बाहिरबाट ताल्चा लगाएको कोठामा युवती मृत फेला

blog

अविनाश चौधरी
धनगढी, असार ९ गते ।
धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत भेटिनुभएको छ ।

डेरा गरेर बस्दै आउनुभएकी पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिनु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक अविवाहित हुनुहुन्थ्यो ।

घटनाको प्रकृति शङ्कास्पद देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनुभयो ।