• १५ साउन २०८२, बिहिबार

इरान-इजरायल तनाव बढ्दै : इस्तानबुलमा ओआइसीका विदेशमन्त्रीको बैठक

blog

इस्तानबुलमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक सम्पन्न । तस्बिर : सिन्ह्वा

इस्तानबुल, असार ९ गते । इस्तानबुलमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक सम्पन्न भएकाे छ । 

रूपान्तरणशील संसारमा ओआइसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेन्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो । 

आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको चर्चा गर्नुभएकाे छ । कार्यक्रममा, टर्कीका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताउनुभयो । 

यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको समेत उहाँले बताउनुभयो । दुई दिने बैठकमा ३५ भन्दा बढी विदेशमन्त्रीहरू सहभागी भएका थिए । जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू समावेश थिए ।  सिन्ह्वा