• ११ मंसिर २०८१, मङ्गलबार

युरोपा लिग : सेभिया र युभेन्ट्स सेमिफाइनलमा

blog

गोल गरेपछि सेभियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ८ गते । स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा सेभियाले म्यानचेस्टर युनाईटेडलाई ३-० गोलले हरायो । पहिलो लेगमा २-२ गोलको बराबरीमा रोकिएको सेभियाले समग्रमा ५-२ गोलको जित निकाल्यो । 

अर्को खेलमा युभेन्ट्सले रिपोर्टिङ सिपीसँग १-१ गोलको बराबरीमा रोकिए पनि सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा १)० गोलले विजयी भएको युभेन्ट्सले समग्रमा २-१ को जित निकालेको हो ।

सेभियाको जितमा युसुफ एन नेसरीले आठौँ र ८१औँ मिनेटमा दुई गोल गर्नुभयो । अर्को गोल लोइक बाडेले ४७औँ मिनेटमा गर्नुभएको थियो । 

यसैगरी अर्को खेलमा युभेन्ट्सले नवाैँ मिनेटमा एड्रिन राबिओट गोलमा अग्रता लिएको थियो । त्यसपछि २०औँ मिनेटमा मार्कुस एड्वार्ड्सले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

यस्तै अर्को खेलमा एस रोमाले डच क्लब फियोनुर्डलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । रोमाले समग्रमा ४–२ गोलको जित निकालेको हो ।

अर्को खेलमा जर्मन क्लब बायर लिभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट जिलोइसलाई ४–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । बायर समग्रमा ५–२ गोलले विजयी भयो । 

यससँगै युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा सेभियाले युभेन्ट्स तथा रोमा र बायर लिभरकुसनसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी