• ११ मंसिर २०८१, मङ्गलबार

एमबाप्पेको गोलका पीएसी विजयी

blog

एन्जर्सविरुद्ध गोल गरेपछि केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ९ गते । सुपर स्टार केलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ ।  शुक्रबार राति भएको खेलमा पिएसजीले एन्जर्सलाई २-१ गोलले हरायो ।

पीएसजीलाई जिताउन एमबाप्पेले नवौँ र ३६औँ मिनेटमा गोल गर्नुभएको थियो । लिग वानमा एमबाप्पेको यो २२औँ गोल हो । घरेलु टोली एन्जर्सका सादा थिओवले ८७औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले ३२ खेलबाट ७५ अङ्क बनाएको छ । पीएसजी दोस्रो स्थानको मार्सेलीभन्दा ११ अङ्कले अगाडि छ । मार्सेलीको ६४ अङ्क छ । पराजित एन्जर्स १४ अङ्कसहित तालिकाको अन्तिममा छ । एजेन्सी