• १३ पुस २०८१, शनिबार

रुपेश र सुजनाको अग्रता कायमै

blog

बुद्धिचालमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख ८ गते । रुपेश जैसवाल र सुजना लोहनीले नेशनल बुद्धिचाल च्याम्पियनसिपमा अग्रता कायम राख्नुभएको छ ।

शुक्रबार छैटौं चरणको खेल सम्पन्न हुँदा खुल्लातर्फ फिडे मास्टर रुपेशले पूर्ण जितसहित शीर्षस्थान बनाउनुभएको हो । उहाँले पाँचौं चरणमा ललितपुरका राजन पुरी र छैटौं चरणको  सुरवीर लामालाई  महिलातर्फ फिडे मास्टर सुजना लोहनी ६ अंकसहित शीर्षस्थानमा हुनुहुन्छ । 

उहाँले पाँचौ चरणको खेलमा काठमाडौकी विनिता कपालीलाई र छैटौं चरणको खेलमा झापाका पुनम प्रसाईंलाई हराउनुभयो । च्याम्पियनसिपमा शनिबार सातौं र आठौं चरणका खेलहरु हुनेछ ।