• २० पुस २०८१, शनिबार

मलेसियासँग साउदी अरब पराजित

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै मलेसिया र साउदी अरबका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, वैशाख ७ गते । एसिसी प्रिमियर कपमा मलेसियाले साउदी अरबलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले साउदी अरबलाई आठ विकेटले हरायो ।

पहिलो खलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा साउदीलाई हराएपछि मलेसियाले समूहमा दुई अङ्क जोडेको छ । 

जितको लागि एक सय ५४ रनको सामान्य लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

मलेसियाको जितमा पनर मोहम्मद आमिरले सर्वाधिक ५६ रन बनाउनुभयो । विरनदीप सिंहले ५१ र सायद अजिजले ३४ बनाउनुभयो । बलिङमा साउदीका जैन उल अबिदीनले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरबले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो ।

साउदीका लागि हसिब गाफुरले सर्वाधिक ४० रन बनाउनुभयो । ओपनर अब्दुल वाहिदले ३६, मोहम्मद हसन शेखले २१ र अतिफ उर रहमानले अविजित १८ रन बनाउनुभयो । 

बलिङमा मलेसियाका लागि खिजार हायतले तीन विकेट लिनुभयो । मोहम्मद वाफिक, रिजवान हैदर र अनवार रहमानले दुई दुई विकेट लिनुभयो । विरानदीप सिंहले एक विकेट झार्नुभयो । 

यसैगरी त्रिवि मैदान कीर्तिपुरमा भएको समूह ‘बी’ को खेलमा बहराइनले सिंगापुरलाई एक सय ३२ रनले हराएको छ । जितका लागि बहराइनले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको सिंगापुर ४३.१ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५४ रनमा समेटिएको थियो । 

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ५१ रन बनाउनुभयो । विनोथ वसकरनले २३, थिलिपन ओमिदुरीले २० तथा कप्तान आरित्र दत्त र रोहन रंगराजनले समान ११ रन बनाउनुभयो । 

बलिङमा बहराइनका इम्रान अनवरले चार विकेट लिनुभयो ।  रिजन बटले तीन तथा अब्दुल मजिदले दुई र अलि दाउदले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बहराइनले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८६ रन बनाएको थियो । 

बहराइनका लागि फैज अहमद र शाहबाज बदरले अर्धसतकीय रन बनाउनुभयो । फैजले ७९ र बदरले ७६ रन बनाउनुभयो । यस्तै साहिल अहमदले ४६ र कप्तान हैदर बटले २९ रन जोड्नुभयो ।

बलिङमा सिंगापुरका रमेश कालिमान्थु, थिलिपन ओमिदुरी र विनोथा बसकरनले दुई दुई विकेट लिनुभयो । जितसँगै बहराइनले समूहमा दुई अङ्क बनाएको छ । लगातार दोस्रो हार खेपेको सिंगापुर अङ्कविहिन छ ।