• १२ मंसिर २०८१, बुधबार

पहिलो वरियताका रुपेशलाई सफलता

blog

नेशनल चेस च्याम्पियनसिपको दोस्रो दिन प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर : बुद्धिचाल महासंघ

काठमाडौं, वैशाख ६ गते । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा जारी नेशनल चेस च्याम्पियनसिपको दोस्रो दिन बुधबार खुलातर्फ फिडे मास्टर रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन सुरविर लामा र उदियमान खेलाडी पुरुषोत्तम सिलवालले संयुक्त अग्रता लिनुभएको छ । 

रुपेशले निकै रोचक खेलमा पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठलाई पराजित गर्नुभयो । अर्को खेलमा सुरविरले आक्रमक खेलाडी फिडे मास्टर क्षितिज भण्डारीलाई हराउनुभयो । पुरुषोत्तमले कोशी प्रदेश च्याम्पियन झापाका राजन सुवेदीलाई पन्छाउनुभयो ।