जितले बलियो टोलीसँग खेल्ने मौका : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सँगको जितसँगै एकदिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका मिलेको बताउनुभएको छ ।
मनाङ र मच्छिन्द्र बराबरीमा रोकियो
मनाङ मर्स्याङ्दी क्लब र साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकप छनोट खेलबाट दुई खेल टाढा
नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।
नेपालद्वारा युएईलाई दुई सय ४९ रनको लक्ष्य
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ ।
उपाधि दौड बलियो बनाउँदै पीएसजी
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई उसैको मैदानमा २-१ गोलले हरायो ।
म्यानचेस्टर सिटी र चेल्सी विजयी
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र चेल्सीले सफलता हात पारेको छ ।
महत्वपूर्ण खेलमा नेपाल युएईविरुद्ध पहिले ब्याटिङ गर्दै
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेट्स (युएई)विरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
एपीएफ र जावलाखेलको बराबरी
विभागीय टोलीको एपीएफ क्लब र जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेको छ ।
लिजेन्ड्स लिग क्रिकेट : पारसको एसिया लायन्स विजयी
नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) २०२३ मा विजयी सुरुवात गरेको छ ।
चर्च ब्वाइज लयमा
नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लयमा देखिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो ।
सुस्मितालाई टेबलटेनिसमा स्वर्ण
प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जित्नुभएको छ ।
कबड्डी टोली बंगलादेश जाने
तेस्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।
लिगमा थ्रीस्टारको पहिलो जित
थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले नवप्रवेशी खुमलटार एफसीलाई २–० गोलले हरायो ।
युएईमाथि पीएनजीको सहज जित
आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हरायो ।
थापाद्वारा तेस्रो क्रस कन्ट्री दौडको उपाधि रक्षा
फलेबास २ थापाठानाका अनिस थापामगरले तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता खुला २० किमीतर्फको उपाधि रक्षा गर्नुभएको छ ।
युएईलाई पीएनजीको प्रतिस्पर्धात्मक लक्ष्य
आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरव इमिरेट्स (युएई) लाई जितको लागि दुई सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
आर्मी र जावलाखेल विजयी (फोटो फिचर)
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
पीएनजीमाथि नेपालको सानदार जित
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो ।
पीएसजी बायर्नसँग स्तब्ध
स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर फाइनलबाट बाहिरिएको छ ।
ओपनरद्वय चम्किएपछि पीएनजीलाई नेपालको चुनौतीपूर्ण लक्ष्य
ओपनर आशिफ शेख र कुशल भुर्तेल चम्किएपनि आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा बिहीबार सुरु भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
प्यालेस्टाइनको पोस्ट्मा नेपालको ६ गोल
दीपा शाहीले चार गोल गरेपछि नेपालले एएफसी यू–२० एसिया कप छनोटमा घरेलु टोली प्यालेस्टानमाथि सानदार जित निकालेको छ ।
चम्पादेवी कपको उपाधि चिशंखुगढीको पोल्टामा
चम्पादेवी गाउँपालिका ओखलढुङ्गामा सम्पन्न प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले जितेको छ । आयोजक चम्पादेवी गाउँपालिकालाई हराउँदै चिशंखुगढीले उपाधि जितेको हो ।
आठराई त्रिवेणीले जित्यो उपमेयर कप उपाधि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । बुधवार भएको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
‘सबै खेलमा सुखद नतिजाको अपेक्षा’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको बताउनुभएको छ ।