• १८ वैशाख २०८१, मङ्गलबार

प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

blog

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १५ गते । झापाको दमकमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा सात प्रदेशमध्ये बागमती प्रदेश र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशका भलिबल टिमको सहभागिता रहको छ ।

बिहीबार साँझ देखि रात्रिकालीन रूपमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेशले जित निकालेको छ ।

सुदूरपश्चिम प्रदेशलाई सोझो ३ सेटमा हराउँदै कोशी प्रदेश विजयी भएको कोशी प्रदेश खेलकुद विकास बोर्डका संयोजक थलुराज भण्डारीले जानकारी दिनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेपनि पहिचान पक्षधर भनिएका विभिन्न समूहहरूले प्रतियोगिता स्थल हिमालय माध्यमिक विद्यालयको खेल मैदानलाई लक्षित गरेर दिउसोदेखि नै प्रदर्शन गरेपछि उहाँको उपस्थिति नरहेको जनाइएको छ ।

प्रतियोगिताको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले उद्घाटन गर्नुभयो । शनिबार सकिने प्रतियोगिताको विजयी टिमले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् ।