• १२ असोज २०८१, शनिबार

रियल म्याड्रिडलाई जिरोनाको झट्का

blog

ला लिगामा प्रतिस्पर्धा गर्दै रियल र जिरोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख १३ गते । स्पेनिस ला लिगा फुटबलको उपाधि दाबेदार रियल म्याड्रिडलाई जिरोनाको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा रियल जिरोनाको मैदानमा ४–२ गोलले स्तब्ध बन्यो ।

जिरोनाको जितमा सबै गोल भ्यालेन्टिन कास्टेलानोसले गर्नुभयो । रियलका भिनिसियस जुनियर र लुकास भाजक्वेजले गोल गर्नुभयो । भ्यालेन्टिनले १२औँ, २४औँ, ४६औँ र ६२औँ मिनेटमा गोल गर्नुभयो ।

रियलका भिनिसियसले ३४औँ र लुकासले ८५औँ मिनेटमा गोल गर्नुभयो । हारेपनि दोस्रो स्थानमा रहेको रियलले शीर्ष टोली बार्सिलेनासँगको अङ्क दुरी घटाउने मौका गुमाएको छ ।

रियलको ३१ खेलबाट ६५ अङ्क छ । रियललाई हराएको जिरोना ४१ अङ्कसहित नवौँ स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३० खेलबाट ७६ अङ्क छ । एजेन्सी