गोरखापत्र समाचारदाता
काठमाडौं, वैशाख १३ गते । नेपाली खेलाडी चन्दु शाहीले अस्ट्रेलियामा हुने १४ गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने हुनुभएको छ ।
क्विन्सल्यान्डको करारा स्टेडियममा हुने प्रतियोगितामा चन्दुले इन्डिभिजुयल पुम्सेमा खेल्नुहुनेछ । सो प्रतियोगिता अप्रिल २९ र ३० तारिख गरी दुई दिन चल्नेछ ।
२६ वर्षीया चन्दुले जापान, दक्षिण कोरिया, थाइल्यान्ड, हडकङ भुटानमा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । उहाँ नवौँ राष्ट्रिय खेलकुदमा पनि पदक विजेता हुनुहुन्छ ।