• २५ पुस २०८१, बिहिबार

खेलकुद बीमालेखमा छलफल

blog

छलफलमा सहभागी पदाधिकारी । तस्बिर : राखेप

काठमाडौं, वैशाख १४ गते । खेलकुद बीमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उद्येश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो ।

नेपाल बीमा प्राधिकरणले तयार पारेको मस्यौदामा राष्ट्रिय खेलकुद परिषद्मा छलफल भएको हो । खेलाडी तथा खेल पदाधिकारीहरुको जोखिम बहन गराउनु आवश्यक भएकाले खेलाडी बीमा गराउनु आफ्नो पहिलो उद्येश्य भएको भन्दै राष्ट्रिय खेलकुद परिाष्दका सदस्य सचिव टंकलाल घिसिङले छिट्टै बीमालेख कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो । 

खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारी तथा खेल कर्मचारीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुदाँ हुने दुर्घटनाबाट पुग्ने क्षति न्यूनिकरण र बहनका लागि बीमालेख आवश्यक भएको हो । कार्यक्रममा परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा सरोकारवालाहरुको सहभागिता थियो ।