• ३ कात्तिक २०८१, शनिबार

एन्फा र साउदी फुटबलबीच सम्झौता

blog

एन्फा र साउदी अरब फुटबल महासंघबीच सम्झौता गरिँदै । तस्बिर : एन्फा

काठमाडौं, वैशाख १६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको फुटबल विकास र फुटबल सम्बन्धी विभिन्न गतिविधि सञ्चालनका लागि साउदी अरब फुटबल महासङ्घसँग सम्झौता गरेको छ ।

साउदी भ्रमणमा रहनुभएकाएन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र साउदी अरब फुटबल महासङ्घका अध्यक्ष यासेर अल मिसेहलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता एक वर्षको लागि गरिएको बताइएको छ । 

सम्झौतामा फुटबलको पारस्परिक हित, प्रवर्द्धन, विकास र सफलताका लागि दुई फुटबल सङ्घबीच सुदृढ सम्बन्ध विकास गर्ने, विभिन्न क्षेत्रमा सहकार्य र सहयोग आदान प्रदान गर्ने, दुई देशबीच महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेलका लागि अवसर प्रदान गर्ने, यूथ फुटबल डेभलपमेन्ट सम्बन्धी कार्यक्रमहरू आदानप्रदान गर्ने र प्रशिक्षक तालिमको कार्यक्रम आयोजना गर्ने उल्लेख छ । 

अध्यक्ष यासर विश्व फुटबल महासङ्घ (फिफा) काउन्सिल सदस्य र एसियाली फुटबल महासङ्घ (एएफसी) विकास समितिका अध्यक्ष हुनुहुन्छ । एन्फा अध्यक्ष नेम्वाङ पनि एएफसीको विकास समितिका उपाध्यक्ष हुनुहुन्छ ।