• २७ पुस २०८१, शनिबार

कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, समूह विजेता बन्ने लक्ष्य

blog

टसपछि नेपाल र कतारका कप्तान । तस्बिर : क्यान

काठमाडौं, वैशाख १४ गते । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज (बिहीबार) समूहको अन्तिम खेलमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रन लागेको हो । 

यसअघिनै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको नेपाल आज कतारलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा छ । यस समूहबाट ओमानले पनि सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

कतार र नेपालको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूहमा नेपालको तीन खेलबाट पाँच र ओमानको ६ अङ्क छ । कतार, मलेसिया र साउदी अरब बाहिरी सकेका छन् ।

कतारका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाई हो । नेपाललाई भने समूह विजेता बन्न कतारलाई हराउनु पर्नेछ । 

कतार र नेपालबीच यसअघि सन् २००८ को एसीसी एलिट ट्रफीमा प्रतिस्पर्धा भएको थियो । जसमा नेपाल सात विकेटले विजयी भएको थियो । 

कतारविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।