• २४ वैशाख २०८१, सोमबार

मुलुक खेल क्षेत्रमा अगाडि बढ्यो : मन्त्री शर्मा

blog

तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा (बीच)मा ।

दाङ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताउनु भएको छ । दाङको बंगलाचूली आज (बिहीबार)बाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।

सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माणसहित खेलाडी उत्पादनका लागि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।

त्यस अवसरमा खेलाडीलाई खेल क्षेत्रबाट विश्वसामु नेपाललाई  चिनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउदा प्राथमिकका आधारमा योजना बनाउन थालेको उल्लेख गर्नुभयो ।

द्वन्द्व पीडितका मुद्दा टुङ्ग्याउन सरकारले सङ्क्रमणकालिन न्यायको माध्यमबाट छिटो हल गर्ने बताउनुभयो । गणतन्त्रमाथि संसद भित्र र बाहिर दुबै क्षेत्रबाट आक्रमण भरहेको बताउनुहुँदै उहाँले सम्पूर्ण जनता परिर्वतनको पक्षमा उभिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतियोगिताका क्रममा मन्त्री शर्माले खेलकुदका सामग्री खेलाडीलाई हस्तान्तरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस

सरकारको ध्यान अर्थतन्त्र सुधारमा : मन्त्री शर्मा