• १ जेठ २०८१, मङ्गलबार

आर्सनल र लिभरपुलको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै आर्सनल र लिभरपुलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, चैत २७ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जेससले गोल गर्नुभयो । लिभरपुलका मोहम्मद सलाह र रोबर्टो फिर्मिन्होले बराबरी गोल फर्काउनुभयो ।

आठौँ मिनेटमा मार्टिनेलीले गोल गर्दै पाहुना टोली आर्सनलको उत्साह जगाउनुभएको थियो । त्यसपछि २८औँ मिनेटमा जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो ।

आर्सनलको लगातार दुई गोलपछि जोसिएको लिभरपुल ४२औँ मिनेटमा सलाहको गोलमा खेलमा फर्किएको थियो । त्यसपछि सलाह मिनेटमा पेनाल्टीमा चुक्नुभएको थियो । तर ८७ औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभयो ।

बराबरीसँगै शीर्षस्थानमा रहेको आर्सनलको ३० खेलबाट ७३ अङ्क छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अङ्कले अगाडि छ । एक खेल कम खेलेको सिटीको ६७ अङ्क छ ।

४४ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलले हराएको छ । एजेन्सी