विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस १ गते । सप्तरीमा बसभित्रै सह चालकको मृत्यु भएको छ । राजविराज नगरपालिका
वडा नम्बर १५ घर भएका ५५ वर्षीय विश्वनाथ प्रसाद देव प्र.१–०२–००२ ख ०६५९
नम्बरको बसमा मृत भेट्नुभएको हो । उहाँ सोही बसका सह चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राजविराजबाट बुटबल भैरहवा चल्ने उक्त बस टायर मर्मत गराउनका लागि राजविराज ८ स्थित सिन्हा ग्यारेज पुगेको थियो । देव अगाडिको ढोका छेउमा अचेत अवस्थामा भेटिएको सप्तरी प्रहरीका प्रवक्ता एवम् डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
सोमबार साँझ बजे अचेत अवस्थामा भेटिएका उहाँलाई गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि ल्याइएको थियो । त्यस क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।