• १२ मंसिर २०८१, बुधबार

दिलिप स्मृति प्रतिष्ठान च्याम्पियन

blog

च्याम्पियन दिलिप स्मृति प्रतिष्ठानका खेलाडी । तस्बिर : राखेप

काठमाडौं, चैत ३० गते । आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसहित समग्रमा टिम च्याम्पियन बनेको हो । च्याम्पियन प्रतिष्ठानले १५ हजार रुपियाँ पुरस्कार पायो । यस्तै ६ स्वर्ण, ४ रजत र २ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थान भएको ढल्कुले ५ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्त गरेको छ । लैनचौरले १० हजार र ढल्कुले ५ हजार रुपियाँ पुरस्कार पायो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सेमीकभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषमा चुनदेवीका सुशिल थापामगर तथा महिलामा ढल्कुकी पासाङ तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।

जुनियर पुरुषमा युन्सुबका सुजन ग्लान तथा महिलामा आयोजककी कृपा गौतम उत्कृष्ट खेलाडी चुनिनुभयो । दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेत, आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलगायतले पुरस्कार प्रदान गर्नुभयो । समान अवसरमा १७ जना तेक्वान्दो खेलाडीलाई सम्मान गरिएको थियो ।