शेरबहादुर राई
ओखलढुङ्गा, चैत २९ गते । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा पाँच स्थानिय तह सहभागि भएका छन् ।
जिल्लाको आठ स्थानिय तह मध्ये लिखु गाउँपालिका र चिशंखुगढी गाउँपालिकाले प्रतियोगितामा सहभागि हुन पाएनन् । निर्धारित समयमा पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन नगरेका कारण जिल्ला स्तरिय प्रतियोगितामा सहभागि हुन नपाएका हुन् ।
खिजिदेम्बा गाउँपालिकाले प्रतियोगितामा सहभागि हुन आएन । सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका, सुनकोशी गाउँपालिका, चम्पादेवी गाउँपालिका र मानेभन्ज्याङ्ग गाउँपालिकाका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राछात्रहरु प्रतियोगितामा सहभागी भएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रविन श्रेष्ठले बताउनुभयो ।
पुरुष तथा महिला भलिबल, कबडी, एथलेटिक्स लगायतका खेलहरु हुने अध्यक्ष श्रेष्ठको भनाई छ । सिद्धिचरण नगरपालिका वडा नं. १२ मा रहेका खेलमैदानमा जिल्ला समन्वय समिति प्रमुख डिल्लिराम खनालको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन भएको छ ।
जिल्ला स्तरिय प्रतियोगितामा सहभागि भएका पालिकाका छात्रछात्राले मात्र प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।