काठमाडौं, चैत १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शनिबार खेलकुद पूर्वाधार नीति संवाद गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यमा हुने संवाद कार्यक्रमममा युवा तथा खेलकुद मन्त्रालय, योजना आयोग, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, सातवटै प्रदेशका खेलकुद मन्त्रीहरु, प्रदेश खेलकुदका सदस्य सचिवहरु, विभिन्न खेलकुद संघ र खेलाडी, निजि क्षेत्रका प्रतिनिधि, प्याब्सन र एनप्याब्सन लगायत संस्थाका ब्यक्तित्वहरुको सहभागिता रहने राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।
सम्मेलनको उद्येश्य मापदण्ड सहितका पूर्वाधार निर्माणको निति निर्माण गराउने, खुल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तया गर्ने, पूर्वाधारको वर्तमान अवस्थाको जानकारी गराउने, लगानीको अवस्था र संघ, प्रदेश र स्थानीय तहमा हुनुपर्ने मापदण्ड लगायतका विषयमा जानकारी गराउनु रहेको बताईएको छ ।