कबिराज घिमिरे
हिले, चैत १६ गते । झापालेले धनकुटाको हिलेमा जारी सोह्रौँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहीबार भएको फाइनल खेलमा झापाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
झापाले २१–२५ २५–२०, २५–२१, २५–२१ को सेटमा जित निकालेको हो । उपाधिसँगै झापाले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता भोजपुरले ५० हजार रुपियाँ पायो ।
झापाले सङ्खुवासभालाई पराजित गर्दै तथा भोजपुरले सुनसरीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा सङ्खुवासभाले सुनसरीलाई हरायो । सङ्खुवासभाले २५ हजार रुपियाँ पायो ।
हिले भलिबल क्लबको आयोजनामा कोशी प्रदेशका अन्तर्गतका आठ जिल्लाको सहभागिता रहेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।